पोखरा । ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
पोखरा अमरसिंहचोकमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका- १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बास्तोलाले ईशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुख दु खमा साथ दिन खोलिएको संस्थाले रक्तदान जस्तो महत्वूर्ण कार्यक्रम गर्नु प्रसंशनिय रहेको बताए । उनले संस्थालाई आवश्यक पर्ने ठाउँमा आफ्नो सधैँ साथ रहने बताए।
रक्तसञ्चार पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका- १२ का सचिव महेश्वर अर्याल, मध्यनेपाल नगरपालिका- ७ का पुर्व वडाअध्यक्ष गगन घिमिरे, कुसुमाकर मावि करापुटारका प्रधानध्यापक ध्रुवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजका अध्यक्ष बलराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका सहसचिव एवं रक्तदान कार्यक्रमका संयोजक प्रल्हाद चन्द्र घिमिरेले स्वागत र समाजका सचिव निर्मल सोतीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन