पोखरा । अन्तर्राष्ट्रियस्तरको प्रविधि सेवा सुविधासहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ ।
न्यूरोडको दरबारथोक मार्गमा करिब ३ करोड लगानीमा सञ्चालनमा आएको एकेडेमीको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले सोमबार उद्घाटन गरिन् ।
बेलायतमा २० वर्ष बसेकी पोखराकी सञ्जु श्रेष्ठले एकल लगानीमा खोलेको एकेडेमीले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनदेखि औपचारिक सेवा शुभारम्भ थालेको हो । पर्फेक्सनले अनुभवी कर्मचारी र उत्कृष्ट सौन्दर्य सामग्रीमार्फत् सबै खाले सौन्दर्य सेवा दिने सञ्जुले बताइन् ।
उद्घाटनपछि बोल्दै उपप्रमुख गुरूङले महिलाहरूले आफैं लगानी गरेर व्यवसाय गरेको देख्दा आफूलाई निकै खुसी लाग्ने सुनाइन् । उनले आशावादी मान्छेले चुनौतीमा पनि अवसर देख्छ भनेजस्तै गरेर आर्थिक संकटको बेलामा ठूलो रकम लगानी गर्नुले अरूलाई पनि प्रेरणा थप्ने बताइन् ।
महानगरले पछाडि परेका महिलालाई उद्यमी बनाउन उपप्रमुखसँग महिला कार्यक्रम ल्याएर जीविका चलाउन योगदान गरिरहेको उनले बताइन् । ‘महिलाहरू आफैं स्थापित भएर अघि बढ्नुपर्छ । प्रत्येक महिला आयआर्जनसँग जोडिनुपर्छ भनेर न्यून आय, एकल महिला, हिंसापीडित महिलालाई सबल बनाउन हामीले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएका छौं,’ गुरूङले सुनाइन् ।
महिला उद्यमी एवं सौन्दर्य व्यवसायी चिनु गुरूङले स्वास्थ्य र सुन्दरता एकआपसमा जोडिएको विषय भएकाले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा दिइनुपर्ने बताइन् । उनले राजनीतिज्ञ र सामाजिक अभियन्ताले पनि पार्लर छिरेर सेवा लिइदिँदा आफूहरूलाई पनि हौसला मिल्ने उनको भनाइ थियो ।
पोखरा भीमसेन टोलमा जन्मिएकी सञ्जु २०५८ सालमा बेलायत गएकी थिइन् । बेलायतमा सिकेर सञ्जुले २०६२ सालमा (सन् २००६)मा ब्युटी सैलुन खोलेकी थिइन् । अहिले पनि बेलायतमा उनको आफ्नै रमा पर्फेक्सन हेयर एण्ड सैलुन छ ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भएपछि २ दशक बेलायत बसेर कमाएको पैसा नेपालमा लगानी गरेको सञ्जुले सुनाइन् । वर्षमा ४ जनासम्मलाई आफ्नो एकेडेमीमा निशुल्क सौन्दर्य कक्षा सिकाउने सञ्जुको योजना छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु