पोखरा । छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार बिहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका १७ की अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जस्तो अत्यन्तै राम्रो कार्य नियमित रुपमा हरेक क्षेत्रमा गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
कार्यक्रम छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारी, विद्यालयका प्रधानाध्यापक तथा संरक्षक डिल्लिराम शर्मा, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन मावि भुपु विद्यार्र्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, शिक्षक दिपक सुवेदी, लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।
सो अवसर पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुको हौसला बढाउने उद्धेश्यले प्रमाणपत्रको साथै मायाको चिनो प्रदान गरिएको शिक्षक नायक युवराज सुवेदीले बताए । साथै उनले भुपु विद्यार्थी मञ्च र डेभिड फल क्लबको सक्रियताले पनि कार्यक्रमलाई सफल पार्न मद्दत पुगेको बताए ।
सर्कलका अध्यक्ष सुशान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकृति शर्माले गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह