पोखरा । छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार बिहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका १७ की अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जस्तो अत्यन्तै राम्रो कार्य नियमित रुपमा हरेक क्षेत्रमा गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
कार्यक्रम छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारी, विद्यालयका प्रधानाध्यापक तथा संरक्षक डिल्लिराम शर्मा, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन मावि भुपु विद्यार्र्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, शिक्षक दिपक सुवेदी, लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।
सो अवसर पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुको हौसला बढाउने उद्धेश्यले प्रमाणपत्रको साथै मायाको चिनो प्रदान गरिएको शिक्षक नायक युवराज सुवेदीले बताए । साथै उनले भुपु विद्यार्थी मञ्च र डेभिड फल क्लबको सक्रियताले पनि कार्यक्रमलाई सफल पार्न मद्दत पुगेको बताए ।
सर्कलका अध्यक्ष सुशान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकृति शर्माले गरेकी थिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ