बेनी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।
माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तीनदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिए ।
मेलालाई सफल बनाउन विभिन्न २२ उपसमिति गठन गरिएको सो समितिले जनाएको छ । उद्योग वाणिज्य सङ्घ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा कृषि मेला पनि आयोजना गरिने भएको छ ।
मेलामा खुला नृत्य र आमाहरूको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षण रहने भएको छ । खुला नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार तथा आमाहरूको एकल लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु छ हजार र रु तीन हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्धनिसान, महिला पुरुषको लठो तान्ने र छेलो फाल्नेलगायत प्रतियोगितासमेत मेलामा समावेश गरिएको महिला आयोजक समितिका महासचिव प्रमिला श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेलामा जिल्लामा रहेका विभिन्न जातजाति, सङ्घसंस्था र समूहको पहिचान झल्कने झाँकी पदर्शनीसहित स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहनेछ ।
बेनीमा वर्षौँदेखि सञ्चालन हुँदै आएको यो मेलाको निरन्तरतासँगै कला र संस्कृतिको संरक्षण तथा व्यापार व्ययवसाय वृद्धिसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए । उनले मेला आयोजना हुने खुलामञ्चमा यसपटक म्याग्दीका व्यवसायी र उद्यमीका मात्रै व्यापारिक कक्ष रहने जानकारी दिए ।
परम्परागतरूपमा लाग्दै आएको मेलालाई व्यवस्थितरूपमा सञ्चालन गर्न विसं २०५७ देखि म्याग्दी उद्योग वाणिज्य सङ्घले निरन्तरता दिँदै आएको छ ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस