म्याग्दीको मालिका गाउँपालिका-७ बिम बिबोटमा शनिबार ढुंगा र दाउरा प्रहारबाट दुई जनाको हत्या भएको छ।
मानसिक असन्तुलन भएका बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको हाे भने आठ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारका क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।
गम्भीर घाइते अमृता जुग्जाली र प्रियंकालाई हेलिकोप्टरबाट थप उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो। ६६ वर्षीया जुग्जालीको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
वृद्धा मनसाङलाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए। अभियुक्तले बिहान करिब आठ बजे घरमा पुगेर अन्धाधुन्ध ढुंगा प्रहार गरेको बताइएको छ। प्रियंकाका भाइ प्रिन्स भने खाटमुनी लुकेर ज्यान बचाएका थिए ।
अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ। इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ। अभियुक्त परिवारबाट अलग भएर एक्लै बस्ने गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो