पोखरा । राष्ट्रियसभा चुनावका लागि नेकपा एमालेबाट गण्डकी प्रदेशमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय, गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका ३ उम्मेदवारले गठबन्धन भन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन्।
गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ।
अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन्। पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए। तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट निर्वाचित भएका थिए ।
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता र अल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुनेछन् ।
गण्डकीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता तथा अल्पसङ्ख्यक समूहमा उम्मेदवारी दिएको हो भने नेकपा माओवादी केन्द्रले महिलातर्फ उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेका हुन् ।
आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख/उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कुल छ हजार चार सय १० मतभार छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता रहेका छन् । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । नेकपा एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् ।
एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । यसैगरी, माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख र उपप्रमुख ३० गरी कुल नौ सय ९४ मतभार छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ । गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुखरउपप्रमुख गरी तीन रहेकाले ५७ मतभार छ ।
मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका हुन् । उनको मतभार १९ छ ।
सम्बन्धित खबर
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड खेल्ने
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
विष्णु र रामजीलाई पत्रकारिता सम्मान–पुरस्कार अर्पण
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणः सर्वोच्चद्वारा पूर्वमन्त्री गुप्ता र अन्य प्रतिवादीलाई पेसीको सूचना दिन आदेश
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण