पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ ।
माघ २२ र २३ गते महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल थिए । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाए ।
सोमबार तालिमको समापन गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै अन्त्य नहुने उल्लेख गरे । ‘सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ’, उनले भने, ‘फेरि विषयवस्तु लेखनका विषयमा तालिम हुनु सह्रानिय पक्ष हो ।’ पौडेलले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । पत्रकारिता क्षेत्रबाट समाजको अपेक्षा राम्रो भएको बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा जोड गर्न उनको अनुरोध छ । हतारको पत्रकारिताले समाज भड्किएको गुनासो उनले गरेका छन् ।
सोमबारको सेसनमा राससका प्रधान सम्पादक एकराज पाठकले पत्रकारले विषयवस्तुको छनोट गर्नु पनि एक प्रकारको कला भएको उल्लेख गरे । सिनेमामा जस्तो पत्रकारितामा पनि विषयवस्तु नै हिरो हुनुपर्ने भनाई उनको छ । विषयवस्तुले पत्रकारितालाई दरिलो बनाउने उनले बताए । विषयवस्तु पहिचानका लागि सुचनाको स्रोत संरक्षणमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पाठकमाझ पुर्याउन पत्रकारमा लेखन कला अति आवश्यक रहेको तर्क उनको छ ।
पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले कास्कीले विषयवस्तु लेखन सम्बन्धि तालिम राखेर राम्रो काम गरेको बताए । पत्रकारिता क्षेत्रमा शुद्धिकरणको आवश्यकता देखेर नै महासंघको शुद्धिकरण अभियान अनुसार गण्डकी अगाडि बढेको भनाई उनको छ । मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको उनले बताए ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले कास्कीका पत्रकारबाट आएको विषयवस्तु लेखन सम्बन्धि तालिमको मागअनुसार कार्यक्रम तय भएको बताइन् । उनले भनिन्,‘कास्कीको पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन महासंघ क्रियाशिल छ । विषयवस्तु छनोट पत्रकारितामा आजको आवश्यकता हो । सोहि अनुरुप नै तालिमको आयोजना गरिएको हो ।’ तालिमले पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुगेको विश्वास उनले लिएकी छिन् ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, केन्द्रीय पूर्व उपसभापति गंगाधर पराजुली, अग्रज पत्रकार रमेश पौडेल लगायतले पछिल्लो समय पत्रकारिता क्षेत्र धरासायी भएको उल्लेख गर्दै पत्रकार आर्थिक उपार्जनका लागि परदेशिन बाध्य भएको बताए ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाको संयोजनमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी पत्रकारद्वय तिलक पुन पुर्जा र ज्योति हमालले अनुभव सोटेका थिए ।
तालिममा पोखराका क्रियाशिल पत्रकार भरत कोइराला, केशव शरण लामिछाने, बासुदेव मिश्र, कमल पौडेल अथकलगायतले पोखरामा पत्रकारिता गरिरहँदाको अनुभव प्रस्तुत गरेका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा सक्रिय प्रशिक्षार्थीहरुको सहभागिता थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन