‘जीत तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ [भिडियो]

गीतसंगीत

‘जीत तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ [भिडियो]

खेल र खेलाडीलाई समर्पण गर्दै दाहालले ल्याए 'हारजीत'

खेल र खेलाडीको सम्मानमा खेलकुद सम्बन्धी गीत ‘हारजीत’ सार्वजनिक भएको छ ।

युवापुस्ताका गायक तथा पत्रकार निर्मल दाहालले फरक शैलीको गीत ल्याएका हुन् । गायक निर्मल ‘जीत तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ बोलको यो गीतबाट आशावादी छन् ।

विभिन्न वहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गीत कोरेको निर्मल बताउँछन् ।

दाहालको आफ्नै रचना, संगीत र स्वरमा रहेको गीतमा उनलाई र्‍यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन् । भिडियोमा दाहालले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्यहरू कैद गरेका छन् ।

दाहालले यसअघि पागल, अचेल, जब घामलगायतका गीतहरू सांगीतिक बजारमा ल्याइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ