बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

सहायता

बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

दुवैका परिवारलाई जनही सात लाख ५७ हजार

help

ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाका परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

कोरियामा बसोबास गर्दै आएका नेपालीले रकम संकलन गरेर सात लाख ५७ हजार रुपैयाँका दरले उनीहरुका परिवारलाई पठाएका हुन् ।

कोरियन (इपिएस) भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त रकम अछाम सेवा समितिले बुधबार धनगढीमा आयोजना गरेको श्रद्धाञ्जली शभामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मृतक शाहका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरेका छन् ।

यो अभियान सामाजिक अभियन्ता, धनगढी–१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा बीबी सिंहको अगुवाइमा भएको थियो ।

यसैगरी, नेपाली सम्पर्क, समिति, पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया र दैलेख समाज दक्षिण कोरियाको समन्वयमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ