चोरी मुद्दामा कैद भुक्तान गरी छुटेकी पर्वतकी टीका श्रेष्ठ पुनः मुन्द्रा चोरेको आरोपमा पक्राउ

चोरी मुद्दामा कैद भुक्तान गरी छुटेकी पर्वतकी टीका श्रेष्ठ पुनः मुन्द्रा चोरेको आरोपमा पक्राउ

Tika -Shrestha

पोखरा। बालिकाको सुनको मुन्द्रा चोरी गरेको अभियोगमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१२ शितलादेवी स्कुलमा अध्ययनरत ६ वर्षकी बालिकाको सुनको मुन्द्रा चोरेको अभियोगमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा -४ गणेशटोल बस्दै आएकी ३४ वर्षीया टिका श्रेष्ठलाई पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार मंसिर २० गते अन्दाजी २:३० बजेको समयमा महिलाले बालिकाको घरमा कोही नभएको मौका पारी ललाई फकाई उनले कानमा लगाएको सुनको दुई थान मुन्द्रा र घरमा रहेको भुड्किको २ हजार २ सय ४० रुपैयाँ चोरेर फरार भएकी थिइन्।

घटनाबारे अभिभावकलाई थाहा भएपछि प्रहरीलाई जानकारी गराएकोमा तत्काल खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गर्न सफल भएको हो।

प्रवक्ता विकका अनुसार श्रेष्ठ यसअघि पनि विभिन्न १२ जना महिला तथा वालवालिकाहरुको सुनका गरगहना चोरी गरी चोरी मुद्दामा अदालतको फैसला बमोजिम ९ महिना कैद र २८ हजार जरिवाना तिरेर छुटेकी हुन्।

हाल उनीमाथि चोरी तथा डाँका मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds