अमेरिकी डलर भन्दै नेपाली २० को नोट भिडाएर ५ लाख ठगी गर्ने पक्राउ

अमेरिकी डलर भन्दै नेपाली २० को नोट भिडाएर ५ लाख ठगी गर्ने पक्राउ

hasta

काठमाडौं। अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भइ हाल काठमाडौं दक्षिणकाली -५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको अनुसार तामाङले गत पुस ९ गते कीर्तिपुर नगरपालिका -६ चोभार जलबिनायक मन्दिर परिसरमा ललितपुर घर भएका ३६ वर्षीय पुरूषलाई ८ हजार अमेरिकी डलर भेटाएको र नेपाली रूपैयासँग साट्ने भए नगद ५ लाख रूपैयाँ दिनुस् भन्दै ५ लाख रूपैयाँ लिएर फरार भएका थिए।

उनले पीडितलाई ५० दरको अमेरिकी डलर १ थान दिंदै अन्य डलर रूमालभित्र छ भनी नेपाली २० को २ सय ४० वटा नोटहरू रातो रूमालमा पोका बनाएर दिइ ठगी गरेका थिए ।

घटनाबारे जानकारी भएपश्चात प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीको टोलीले तामाङको खोजी गर्ने क्रममा काठमाडौं दक्षिणकाली नगरपालिका-५ नारायणथानबाट फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौ बबरमहलबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको वृत्तको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds