पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहको सातौँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले जन्मभूमिकै मायाले धादिङबाट पोखरामा आएर पनि संगठित भएर जिल्लावासीकै सेवा गरेको बताइन् । हरेक क्षेत्रमा महिलाहरुको सक्रियता बढ्दै गएकोमा त्रिपुरा बाराही महिला समूहको भूमिका पनि उत्कृष्ट रहेको भन्दै उनले प्रशंसा गरिन् ।
उनले भनिन्, ‘महिलाहरुले अब भ्याउँदिन, सक्दिन, जान्दिन होइन सक्छु, गर्छु, यो पटक नसके अर्को प्रयास गर्छ भन्दै अग्रसर हुनुपर्छ ।’ त्रिपुरा महिला समूहबाट अन्य धेरै संघसंस्था र महिला दिदीबहिनीले प्रेरणा लिनुपर्नेमा जोड दिँदै समूहका लागि आवश्यक पर्ने सबै सहयोग गर्न आफू तयार भन्दै प्रतिवद्धता जनाइन् ।
धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पाण्डेले महिला समूहले सामाजिक र मानवीय क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
धादिङ-पोखरा सम्पर्क समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले दिदीबहिनी समूहको सक्रियतामा उत्कृष्ट काम हुँदै आएको यसबाट अन्य संस्थाले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।
नेपाल खानेपानी संस्थाका केन्द्रीय अध्यक्ष केदार धमलाले दिदीबहिनीहरु एकापसमा मिलेर सामाजिक गतिविधिमा सक्रिय भएको भन्दै प्रशंसा गरे ।
नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिका अध्यक्ष कमलबहादुर पाण्डेले दिदीबहिनीहरुको सक्रियता निकै उत्कृष्ट रहेको भन्दै थप सक्रियता बढ्ने विश्वास व्यक्त गरे ।
नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोकर्ण अधिकारीले न्याय, समानता र महिलाको हकहितका साथै धादिङवासीको दुःख, सुखमा समूहले उत्कृष्ट भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
नेकपा माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चका अध्यक्ष बलराम लम्सालले एउटा चौतारीमा बसेर गठन भएको समूह आज यो स्थानमा आइपुग्दा अत्यन्तै खुसी लागेको बताए ।
कार्यक्रममा धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी गाउँपालिका इकाइका अध्यक्ष सरोज कुँवर, मितेरी नारी समूहकी अध्यक्ष सीता भट्टराई, सल्लाहकार निर्मला घिमिरे, सम्मानित व्यक्तित्व प्रदीप अर्याल लगायतलले बोलेका थिए ।
समूहकी अध्यक्ष बबीता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मीमाया थापाले स्वागत र कार्यक्रम सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।
कार्यक्रममा समूहलाई उत्कृष्ट सहयोग गर्ने दाताहरु, समूहका विभिन्न गतिविधिमा उत्कृष्ट भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते