पोखरा । विद्यार्थीहरूको पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू र अभिभावकहरूसहितको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गर्यो ।
मोटिभेसनल स्पीकर डा. रविन कटुवालले सहजीकरण गर्दै पढाइको महत्व मानिसले बुझ्न सक्यो भने संसारमा सबैभन्दा शक्तिशाली बस्तु भनेको ज्ञान वा शिक्षा रहेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालयका प्राचार्य किरण सापकोटाले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै छोराछोरीले बाबाआमाको आँखामा हेरर देखेको सपना पछ्याउन मेहनत गर्नुपर्ने बताए ।
कमजोर विद्यार्थीले अबका बाँकी दिनहरूमा आफ्नो पढाइमा जसले बढी स्तरोन्नति गर्छ त्यस विद्यार्थीलाई पनि एसईई नतिजाका आधारमा प्रथम सरह नै अवार्ड दिने वचनवद्धता प्रकट गरे ।

विद्यालयका सह–प्राचार्य प्रदीप खनालले सञ्चालन गरेको कार्यक्रममा कक्षा दशको तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरणसमेत भएको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो