पोखरा । ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा..’ का सर्जक शीतल गिरी गीतकार प्रतिष्ठान नेपालको अध्यक्षमा चयन भएका छन् । शनिबार पोखरामा भएको प्रतिष्ठानको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
उपाध्यक्षमा अनुराग अधिकारी, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा लाल कार्की अञ्जान, सह–सचिवमा विर्सना बस्नेत रहेका छन् । सदस्यमा राजाराम पौडेल, जीवन मित्र पण्डित, सावित्री गिरी, रेशम रचक, हरिमाया पराजुली र आर्दश पोखरेल रहेका छन् ।
डिल्लीराम अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले आवश्यक प्रक्रिया पुरा गरेर नयाँ नेतृत्व सहतिको टीम घोषणा गरेको थियो । निर्वाचन मण्डलको सदस्यमा पुष्पराज पौडेल र विक्रम पौडेल रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिष्ठानले गर्दै आएका कामको सहित नयाँ केही कार्यक्रम गर्ने योजना आफूले बनाएको खुलाए । सबैको साथ सहयोगमा आफ्नो कार्यकाल सफल बन्ने उनको विश्वास छ ।
उनले केही नयाँ कार्यक्रम आफ्नो कार्यकालमा सुरु गर्ने समेत बताए । ‘विभिन्न कार्यक्रम अगाडि बढाउन पाए भनेर पहिलेबाट सोचेका केही कार्यक्रम छन्ति, नका साथ केही नयाँ शैलीका कार्यक्रम समेत गर्नेछौं’ उनले प्रतिवद्धता गरे ।
निवर्तमान अध्यक्ष हरिहर खनियाले नयाँ नेतृत्व सहतिको टीमले अस अगाडि गरेका कामको निरन्तरता सहित केही रचनात्मक कार्यहरु गर्दै यसको आर्कषण बढाउने उपेक्षा गरे ।
वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले नयाँ निर्वाचित टीमलाई सफल कार्यकालको शुभकामना दिइन् । प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रममा आफ्नो तर्फबाट सदैव साथ रहने उनको प्रतिवद्धता थियो ।
यसअगाडि अधिवेशनको उद्घाटन कवि, गीतकार तथा संस्कृतीकर्मी तीर्थ श्रेष्ठले गरेका थिए । श्रेष्ठले गीतको मुख्य व्यक्ति गीतकार हुँदाहुँदैपनि उनीहरु छायाँमा पर्ने गरेको गुनासो गरे । गीतकार प्रतिष्ठानले गीत वाचन कार्यक्रमको थालनी सुरु गर्नु राम्रो कुरा भएको बताएका उनले गीत हुनको लागि रेकर्ड हुनुपर्छ भन्ने नरहेको प्रष्ट पारे ।
पैसाको बलले समेत गीतकार बन्ने चलन देखिएकोमा उनको चिन्ता थियो । ‘गीतको बजारीकरण गर्दै आम पाठकका माझमा पुर्याउने काम हामीले गर्न सकेका छैनौं’ श्रेष्ठले भने ।
सोही कार्यक्रम मार्फत गीतकार शीतल कादम्बिनीलाई श्रष्टा सम्मान अर्पण गरियो । गीतकार प्रतिष्ठान नेपालको स्थापना २०७७ सालमा भएको हो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु