पोखरा । ग्लोबल रिच पोखराले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्दैछ । पोखराको न्युरोडस्थित भाटभटेनीको तेस्रो तलामा रहेको ग्लोबल रिचको शाखामा माघ ८ गते (२२ जनवरी) मा फेयर हुने संस्थाले जनाएको छ ।
नेपालमा हुने गरेका अष्ट्रेलियन युनिभर्सिटि मेला मध्ये यो विश्वस्नीय मेला हुने ग्लोबल रिचको दाबी छ। बिहान १० देखि दिउँसो ३ बजेसम्म फेयर सञ्चालन हुने पोखरा ब्राञ्च कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन्।

फेयरमा ११ भन्दा बढी युनिभर्सिटीको सहभागिता रहने उनको भनाई छ । अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजको सहभागितामा फेयर हुने भएकाले अष्ट्रेलियामा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरु लाभान्वित हुने संस्थाले विश्वास लिएको छ ।
कार्यक्रममार्फत् विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ। अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक मेलामा सहभागी विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसँग सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटिका बारेमा प्रत्यक्ष छलफल गरी आफुले अध्ययन गर्न चाहेको विषय तथा छात्रवृत्तिका सम्बन्धमा यथेष्ट जानकारी लिन सक्नेछन् ।
कार्यक्रममा सहभागी भएमा अस्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ। साथै, उच्च शिक्षा अध्ययनपश्चात् कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन्।
कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन