आज सोमवारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्नसक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि पश्चिमी वायुको प्रभाव अलि बढी हुने भएकाले सामान्य वर्षाको सम्भावना रहेको छ।
उनले भने, ‘रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमवार र मंगलवार सामान्य वर्षाको सम्भावना रहेको छ। तराईमा भने वर्षाको सम्भावना छैन।’
वर्षा भए पनि १० मिलिमिटरभन्दा थोरै नै पानी पर्ने उनको भनाइ छ। सोमवार रातिदेखि गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका १/२ स्थानमा सामान्य वर्षा तथा देशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना छ।
मंगलवार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका केही ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।
उनका अनुसार तराईमा लागिरहेको हुस्सुसमेत भोलिदेखि हट्दै जानेछ। उनले भने, ‘तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा वाहानदेखि हुस्सु लागेको छ। पश्चिमी वायुको प्रभावका कारण वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ।’
सम्बन्धित खबर
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
मनसुन क्रमशः कमजोर हुँदै, देशका यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा
अबको ३ महिना यस्तो छ देशभरको मौसम अनुमान
देशभर मनसुनी वायुको प्रभाव: केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा
वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- लगातार झरी पर्दैन, आत्तिनु पर्दैन
शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०
पोखरामा चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा एक जना गम्भीर घाइते