पोखरा । पद्म नर्सिङ होम प्रा.लि.पोखरा– ३, नदिपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्वर २७ को आयोजना र पद्म नर्सिङ होम प्रा.लि.को प्राबिधिक सहयोगमा अर्घौचोक स्थित गच्छाफाँटमा अवस्थित लेखनाथ मेमोरियल इङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ५० भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको पद्म नर्सिङ होम प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । बास्तोलाका अनुसार शिबिरमा २ सय ९३ जना जनरल मेडिसिन सम्बन्धि, २ सय ८ जना आँखा सम्बन्धि, १ सय ५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ८७ जना स्त्रीरोग सम्बन्धि, ५७ जना नाक कान घाँटी रोग सम्बन्धि र ५५ जना बालरोग सम्बन्धि, ४८ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
शिबिरमा १ सय ४२ जनाको भिडियो एक्सरे, १ सय ३८ जनाको ल्याब परिक्षण, ९३ जनाको मुटुको इसिजी गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औसधि समेत निःशुल्क वितरण गरिएको नर्सिङ होमले जनाएको छ ।
शिबिरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर राजन पौडेल, फिजिसियन डाक्टर सुदर्शन सुवेदी, फिजिसियन डाक्टर राजेन्द्र पौडेल, फिजिसियन डाक्टर कृष्णराज अधिकारी, डाक्टर प्रकाश भट्टराई, डाक्टर बिक्रम अधिकारी, डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्यकर्मीहरु मेट्रोन रजनी पालिखे, रिता भट्टराई, जितेन्द्र पौडेल, ब्रह्मदेव महतो, सन्तोष अधिकारी, अञ्जना थापा, प्रतिभा परियार, राम बिनोद महतो, शुदासा लामिछाने, प्रेम कुमारी थापा, पुनम गुरुङ्ग, कृष्ण कुमारी थापा, मिन कुमारी गुरुङ्ग, मेनुका श्रेष्ठ, धिरज गौतम, अमृत थापा, सपना ढकाल, सुवर्ण गुरुङ्ग, सुस्मिता अधिकारी, पुष्पा ढुङ्गाना, बिशाल बराल, सुनिता श्रेष्ठ, प्रदिप न्यौपाने लगायतको टिमले बिरामीको स्वास्थ्य परिक्षणमा सहजीकरण गरेका थिए । लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु एवं पोखरा २७ का स्वयम सेबिकाहरुले पनि शिबिरमा सक्रिय भुमिका निभएका थिए ।
स्वास्थ्य शिबिर कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो ।
पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरे । उनले यस निःशुल्क स्वास्थ्य शिबिरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई पोखरा–३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रालिबाट विशेष छुटका साथ थप उपचार गराउने समेत बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ