स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्घटना

स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Bus Accident GandakNews

स्याङ्जाको कालीगण्डकी आँधीमुहान ड्याममा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका – ७ का ३० वर्षीय अजित बोटे रहेका छन् ।

सोमबार बिहान करिब ९ बजेको समयमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ७ आँधीमुहान ड्यामस्थित भित्री सडकखण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको डिएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ