मिल मिलन सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश बसन्तजंग थापाको एकल इजलासले मंगलबार ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
प्रहरीले उनलाई पुस २५ गते बुधबार पोखरा–१३, कसेरी बौरीबोट घरबाट पक्राउ गरेको थियो । ५७ वर्षीय अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडवेसीका शिक्षक समेत हुन् ।
सहकारी ऐन तथा विनिमय बमोजिम लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य पालना नगर्ने तर बैठकमा उपस्थित भएर भत्ता वापतको रकम बुझिलिने जस्ता कार्य गरी सहकारीको सम्पत्ति हिनामिना गर्नमा साथ र सहयोग प्रदान गरेको आरोप लगाइएको थियो ।
लेखा संयोजक अधिकारीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ५) बमोजिम अधिकतम सजायको माग दावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको थियो ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ७ जनामात्र पक्राउ परेका छन् । जसमध्ये ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भईसकेका छन् । भने अधिकारी धरौंटीमा रिहा भएका हुन् ।
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरिएको थियो ।
सम्बन्धित समाचारः
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?