पोखरा -१५ मा जारी बृहत् खेलकुद महोत्सवमा दर्शकहरूको उल्लेखनीय भिड लागेको छ। पोखरा महानगरपालिका वडा नं -१५ ले आयोजना गरेको दोस्रो बृहत् खेलकुद महोत्सवमा १५ नं वडा बाहेक छिमेकी वडाका दर्शकहरूको पनि उल्लेखनीय सहभागिता रहेको हो।
खेलकुद महोत्सवको दोस्रो दिन आज पनि विद्यालय क्लब तथा टोलस्तरिय फुटबल, महिला -पुरुष भलिबल, महिला -पुरुष सडक दौड, आमा समूहहरूको रस्साकस्सी र ब्याडमिन्टन खेलहरू सञ्चालन भएका छन्।

आजको पहिलो खेल घले चोकबाट बन विज्ञान क्याम्पस गेट सम्म भएको पुरुष सडक दौडमा ठाकुर बहादुर थापा पहिलो, तुल बहादुर भण्डारी दोस्रो र लाल बहादुर थापा तेस्रो भएका छन् भने, महिला सडक दौडमा पोम कुमारी बुढा, रूपा बरुवाल र मोहनमाया राना क्रमशः पहिलो दोस्रो र तेस्रो हुन सफल भएका छन्।
यस्तै, आमा समूह रस्साकस्सी तर्फ १३ टिम सहभागी प्रतिस्पर्धामा जनजागृति आमा समूह प्रथम र स्यानी मजुवा आमा समूह दोस्रो बनेका छन्।
यता, पुरुष भलिबल खेलमा सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन्।
आजको खेलमा आदर्श टोलले तल्लो सिमल बोट मार्गलाई, गलेश्वरले प्रतिभा मार्गलाई, तल्लो नयाँ गाउँले आदर्श टोल र गलेश्वरले शिवशक्ती टोललाई पराजित गरेका छन्।
आजको जित सँगै गलेश्वर र तल्लो नयाँ गाउँ फाइनलमा प्रवेश गरेका छन्। भने, महिला भलिबलतर्फ ढुंगेसाँघु र जनजागृति फाइनलमा प्रवेश गरेका छन्।
यस्तै फुटबलतर्फ एसओएस हर्मन माइनरले भ्यू प्वाइन्ट स्कुललाई ३-०, प्रतिभा टोलले शिवशक्ती टोललाई १-०, रेन्वो एकेडेमीले श्री सिद्ध माविलाई ३-२, ढुंगेसाँघुले संगम टोललाई ५-४, दिव्य ज्योतिले श्री गण्डकीलाई ५-३, मेरिगोल्डले नेपाल भारतलाई ४-० र फलेपाटनले स्यानी मजुवालाई ३-१ ले पराजित गरेको छ।

फुटबलतर्फ भोली क्वाटर फाइनल र सेमिफाइनलका खेलहरू खेलाइने छ।
यस्तै ब्याडमिन्टनतर्फ आजको खेल खेल्दै पुरुषतर्फ तल्लो नयाँ गाउँ र ढुंगेसाँघु तथा महिलातर्फ माछापुच्छ्रे चौतारी र जनजागृति फाइनलमा प्रवेश गरेका छन्।

खेल अघि खेलाडीहरूलाई सम्बोधन गर्दै वडाध्यक्ष तोरण बानियाँले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने अभियानका साथ वडाले आयोजना गरेको खेलकुद प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई जीतको शुभकामना दिए।
उनले वडा नं -१५ आयोजक मात्र रहेको र रेफ्रीहरू कास्की जिल्लाका वैधानिक संस्थाका रेफ्रीहरू भएकाले प्रतियोगिताको निष्पक्षतामाथि शङ्का नगर्न आग्रह गर्नुका साथै केही प्राविधिक कमीकमजोरी भए आयोजकलाई भन्न आग्रह गरे।

यस्तै खेलकुद महोत्सवका संयोजक आशिष भण्डारीले निकै नै उत्साहपूर्ण वातावरणमा दर्शकहरूको उल्लेख्य सहभागीताका साथ खेलहरू सञ्चालन भइरहेको जानकारी दिए। उनले खेलका क्रममा खेलाडीहरू घाइते भए स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिनुका साथै शान्ति सुरक्षाका लागि वडा प्रहरी कार्यालय राम बजारका प्रहरी जवान खटिएको बताए।




सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा