पोखरा महानगरपालिका– १२ ले महिला स्वयंसेविकालाई सक्षम बनाउन क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ ।
स्वयंसेविकालाई स्वास्थ्य सामाग्री समेत वितरण गरिएको छ । वडाका स्वयंसेविकालाई विपी सेट, थर्मोमिटर, अक्सिमिटर र तौल नाप्ने यन्त्र लगायतका सामग्री प्रदान गरिएको थियो ।
बुधबार वडा कार्यालयको आयोजनामा महिला स्वयंसेविकाको लागि स्वास्थ्य सामाग्री वितरण तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रमले स्वयंसेविकालाई सक्षम बनाउनुका साथै सेवा प्रवाह चुस्त बनाउन सहयोग पुग्ने वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । यस्ता खालका तालिमले स्वास्थ्य स्वयंसेविकालाई सहयोग पुग्ने शहरी स्वास्थ्य केन्द्र प्रमुख सिर्जना थापाले बताइन् ।
पछिल्लो समय पोखरा–१२ ले युवा स्वरोजगार, महिला उधमी तथा विभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको छ । वडाले युवाहरुको लागि विभिन्न तालिम, महिलाको लागि सिलाइ कटिङ्ग तथा बाध्यबादन सम्बन्धि तालिमहरु प्रदान गर्दै आइरहेको छ । अन्य वडाको तुलनामा यस वडाले विभिन्न कार्यक्रम गरि उदाहरणीय बनेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य शान्त ब. थापाले गरेका थिए भने कार्यक्रम वडा सचिव महेश्वर अर्यालले गरेका थिए ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?