पोखरा महानगरपालिका– १२ ले महिला स्वयंसेविकालाई सक्षम बनाउन क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ ।
स्वयंसेविकालाई स्वास्थ्य सामाग्री समेत वितरण गरिएको छ । वडाका स्वयंसेविकालाई विपी सेट, थर्मोमिटर, अक्सिमिटर र तौल नाप्ने यन्त्र लगायतका सामग्री प्रदान गरिएको थियो ।
बुधबार वडा कार्यालयको आयोजनामा महिला स्वयंसेविकाको लागि स्वास्थ्य सामाग्री वितरण तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रमले स्वयंसेविकालाई सक्षम बनाउनुका साथै सेवा प्रवाह चुस्त बनाउन सहयोग पुग्ने वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । यस्ता खालका तालिमले स्वास्थ्य स्वयंसेविकालाई सहयोग पुग्ने शहरी स्वास्थ्य केन्द्र प्रमुख सिर्जना थापाले बताइन् ।
पछिल्लो समय पोखरा–१२ ले युवा स्वरोजगार, महिला उधमी तथा विभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको छ । वडाले युवाहरुको लागि विभिन्न तालिम, महिलाको लागि सिलाइ कटिङ्ग तथा बाध्यबादन सम्बन्धि तालिमहरु प्रदान गर्दै आइरहेको छ । अन्य वडाको तुलनामा यस वडाले विभिन्न कार्यक्रम गरि उदाहरणीय बनेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य शान्त ब. थापाले गरेका थिए भने कार्यक्रम वडा सचिव महेश्वर अर्यालले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’