रड प्रहार गरी श्रीमतीको हत्या

रड प्रहार गरी श्रीमतीको हत्या

hatyaa

दाङ । दाङमा एक पुरुषले फलामे डण्डी (रड) प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

शनिबार जिल्लाको तुलसीपुर उपमहागनरपालिका– ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।

मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका थिए । स्थानीय मीना थापा र शिला चौधरी रड प्रहारबाट घाइते भएका छन् ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds