काठमाण्डौबाट नक्कली डाक्टर पक्राउ

काठमाण्डौबाट नक्कली डाक्टर पक्राउ

pakrau

काठमाण्डौ । प्रहरीले काठमाण्डौबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

सोमबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली चिकित्सक ४० वर्षका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–२ का भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए ।

उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

यस्तै, उनले नक्सालमा रहेको ‘वी केयर’ मा पनि काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds