पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा आइडिया कन्टेस्ट

अतिरिक्त क्रियाकलाप

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा आइडिया कन्टेस्ट

'रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने बनाउन यस्ता कार्यक्रम सहयोगी'

PCM Idea Pitch 1

पोखराको नदिपुरमा रहेको पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा आइडिया कन्टेस्ट सम्पन्न भयो । कलेजका  सातौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी सहभागी कन्टेस्टमा उनीहरुले आफ्ना व्यवसायिक योजना प्रस्तुत गरे ।

हेरिटेज क्राफ्ट शिर्षकमा व्यवसायीक योजना प्रस्तुत गरेका एन्जिला सुवेदी, यज्जु शाक्य, गरिमा काफ्ले , रोशनी तिवारी, सारा गुरुङ, अनिशा नेपाली र सृष्टि थापाको समूह सर्वोत्कृष्ट बन्न सफल भयो । एन्जिला केहि दिन अगाडि सार्वजनिक भएको छैटौं सेमेस्टरको नतिजामा पोखरा विश्वविद्यालय टप विद्यार्थी हुन् ।

ब्राइट एण्ड साइन क्लिनिङ शिर्षकमा व्यवसायिक योजना प्रस्तुत गरेका रोशनी कार्की, सिफाली श्रेष्ठ, अन्जली पौडेल र अमिसा भण्डारीको समूह दोस्रो बने ।

प्रथम स्थान हाँसिल गरेको समूहलाई नगद पुरस्कार दश हजार र प्रमाणपत्र तथा दोस्रो हुने समूहलाई नगद छ हजार र प्रमाणपत्र कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले प्रदान गरिन् ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुको योजनालाई पहिरन ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक लक्ष्मी थापा गिरी, मुक्ति इनर्जीका संस्थापक प्रकाश आचार्य र नविल बैंक पोखरा शाखाका प्रमुख प्रदिप पहारीले मूल्यांकन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेकी कलेजकी प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने बनाउन यस्ता कार्यक्रमहरु सहयोगी हुने बताइन् ।

उपप्राध्यापक सुवास मल्लले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक निकेस कर्माचार्यले विद्यार्थीहरुलाई प्रतियोगिताको नियमहरुबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds