सामाजिक संजाल मार्फत महिलाको चरित्र हत्या गर्ने गोरखाका युवक पक्राउ

सामाजिक संजाल मार्फत महिलाको चरित्र हत्या गर्ने गोरखाका युवक पक्राउ

Arrest

काठमाण्डौ। सामाजिक संजाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रोजगारीको सिलसिलामा चिनजान भइ प्रेम सम्बन्ध रहेका बेला भएका क्रियाकलापको तस्विर तथा दृश्य सम्पादन गरी सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका -२ घर भइ हाल काठमाण्डौको तारकेश्वर -४ बस्दै आएका २४ वर्षीय भिमसेन भट्ट रहेका छन्।

ब्युरोका अनुसार पीडितका आफन्तले उनीहरू सम्बन्धमा रहेका बेला भएका निजी तथा व्यक्तिगत क्रियाकलापहरूको दृश्य सम्पादन गरी युवकले फेक आइडी बनाएर सामाजिक संजाल मार्फत चरित्र हत्या गर्नुका साथै अनावश्यक दु:ख हैरानी दिएको भन्दै युवकविरुद्ध कारवाहीका लागि निवेदन दिएका थिए।

निवेदन पश्चात अनुसन्धानमा जुटेको प्रहरीले भट्टलाई सोमबार काठमाण्डौबाट पक्राउ गरेको हो। उनीमाथि विधुतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसूरमा कारवाहीका लागि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ