रवि लामिछानेविरुद्ध युवराज सफलले हाले संसदमा उजुरी

रवि लामिछानेविरुद्ध युवराज सफलले हाले संसदमा उजुरी

White Minimalist Dental Clinic Facebook Cover

काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ ।

अधिवक्ता युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी दिएका हुन् ।

सहकारीको रकम हिनामिनाका सम्बन्धमा आएका समाचारका साथै लामिछानेको खातामा गोरखा मिडिया नेटवर्कबाट १ करोड ८० लाख भएको तथा सेयर खरिद बिक्रीको कागजसमेत भएको सार्वजनिक भएकाले छानबिन गर्न उनले माग गरेका छन् ।

लामिछानेले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मिडियामा सार्वजनिक भएजस्तै उक्त रकम आफ्नो खातामा नआएको दाबी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds