पोखरामा आहा ! रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लबको आयोजनामा मंगलबारदेखि सुरू प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा बनाएको हो ।
हारसँगै आयोजक सहारा पहिलो खेलबाट नै प्रतियोगिताबाट बाहिरिएको छ। थ्रीस्टारको जितमा योगेश गुरुङले गोल गरे। एक गोल उपहार पायो। सहाराका लागि आशिष गुरुङले एक गोल फर्काए।
खेलको छैटौँ मिनेटमा योगेशको गोलमा थ्रीस्टारले सुरुवाती अग्रता बनाएको थियो। गोलरक्षक टेकेन्द्र थापासँग ठोक्किएर आएको रिबाउन्डमा योगेशलले बललाई पोष्टको जाली चुमाएका थिए।

खेलको २३ औं मिनेटमा आशिषको गोलमा सहारा क्लब खेलमा फर्किएको थियो। लक्ष्मण रुचालको फ्रिकिकमा आशिषले हेड होडर गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ५९ औं मिनेटमा सहाराका अनिश तामाङको उपहार गोलमा थ्रीस्टारले आयोजक टोलीविरुद्ध पुनः अग्रता बनायो।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा थ्रीस्टारले अन्तिम आठमा स्थान पक्का गरेको हो। थ्रीस्टारका प्रशिक्षक बिक्रम लामाले खेलाडीबाट हाल पहिलो पटक प्रशिक्षक भएर भूमिका निभाउन निकै कठिन भएको अनुभव सुनाउँदै आफ्नो टिमले अपेक्षा गरे अनुसार खेलेको बताए ।
सहाराका प्रशिक्षक सुनिल राना मगरले थ्रीस्टारसंग उत्कृष्ट खेल्दा खेल्दै दुर्भाग्यवश आत्मघाती गोलले गर्दा पराजित हुनु परेको बताए ।
थ्रीस्टारले अब क्वार्टरफाइनलमा माघ १३ गते भुटानको पारो एफसीसँग खेल्नेछ। प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ।
यस्ता खेल गतिविधिले पोखराको खेल पर्यटनको प्रवर्द्धन हुनेः मेयर आचार्य
यसअघि ,प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरे । उनले प्रतियोगितामा महानगर संरक्षकको भूमिकामा रहेको बताउँदै यस्ता खेल गतिविधिले पोखराको खेल पर्यटनको प्रवर्द्धन हुने बताए ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश केसीले आफ्ना बाबु सूर्य बहादुर केसीको सपना पूरा गर्ने गरी आफूहरुले उक्त प्रतियोगितालाई निरन्तर रुपमा सहयोग गर्ने वचन दिए । पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले पोखराको प्रतियोगितालाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा १ विदेशी सहित १२ टिमको सहभागिता रहेको छ । सहारा क्लबकमा महासचिव रामजी प्रसाद अधिकारीका अनुसार प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउनेछ भने उपविजेताले ६ लाख १ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
आयुष घलान ‘बर्ष उत्कृष्ट राष्ट्रिय खेलाडी’बाट पुरस्कृत
यसैबीच, राष्ट्रिय खेलाडी आयुष घलान प्रतियोगिताको उद्घाटनको अवसरमा बर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नेपाली फुटबल खेलको विकासमा घलानले पुर्याएको योगदानलाई क्लबले प्रोत्साहन स्वरुप नगद ५० हजार ५ सय ५५ रुपैँया सहित सम्मान गरेको हो । हेटौँडाका आयुषले राष्ट्रिय टोलीबाट २२ खेलमा एक गोल गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

वि.सं २०७४ देखि हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् ।
फ्यान अफ दी म्याचलाई ५ हजार
२३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा दर्शकलाई प्रोत्साहन गर्न फ्यान अफ दी म्याच घोषणा गरी ५ हजार पुरस्कार प्रदान गरिने भएको अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले बताए ।
नेपाल फोटो पत्रकार संघ, कास्कीको समन्वयमा हरेक खेलमा दर्शक दीर्घाबाट फुटबलको रौनक बढाउन गरिएको सेलिब्रेशनको फोटो खिचेर संघले उत्कृष्ट फ्यान अफ दी म्याच घोषणा गरी हरेक खेलमा ५ हजार पुरस्कार प्रदान गर्ने भएको हो । उद्घाटन खेलमा अशोक परियार उत्कृष्ट हुँदै १ हजार नगदसहित पुरस्कृत भए । बुधबारको खेलबाट भने फ्यान अफ दी म्याच घोषणा हुनेलाई ५ हजार पुरुस्कार प्रदान गरिने छ ।

बेलायतमा बस्दै आएका रामचन्द्र /उमा गुरुङबाट हरेक खेलको लागि फ्यान म्याच अफ दी म्याचलाई ५ हजार पुरस्कार सहयोग स्वरुप उपलब्ध भएकोले उक्त रकम प्रदान गरिने क्लबले जनाएकोछ।
हरेक इभेण्टको महत्व समेत फोटोले बुझाउने हुँदा आफूहरुले प्रतिगिता संचालनकै क्रममा फोटो खिचेर निर्णायक कमिटिले दिएको सिफारिसको आधारमा उत्कृष्ट घोषणा सहित पुरस्कृत गर्ने संघका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।


सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’