म्याग्दीमा चक्कु प्रहारबाट २१ वर्षीय शुशिलको ज्यान गयो

अपराध

म्याग्दीमा चक्कु प्रहारबाट २१ वर्षीय शुशिलको ज्यान गयो

आक्रमणकारी समूह फरार, खोजी कार्य हुँदै

Myagdi Acc

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार बेलुका चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ ।

अपरिचित समूहले बेलुकी ५ः५० बजे धारिलो हतियार प्रहार गर्दा रघुगंगा गाउँपालिका वडा नं. १ बेगका २१ वर्षिय शुशिल गर्बुजाको मृत्यु भएको हो ।

बेनी नगरपालिका वडा नं. ८, न्यूरोड, क्याम्पस चोकमा अपरिचित समूहमा आएर शुशिलमाथि एक्कासी चक्कु प्रहार भएको थियो ।

छातिमाथि र दाहिने कोखमा चक्कु रोपेर उनीहरु फरार भएका थिए । गम्भिर घाइते भएका गर्बुजालाई उपचारका लागि बेनी अस्पताल लगेकोमा अस्पतालका डाक्टरले ६ः४० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

झडपको कारण नखुलेको र आक्रमणकारीको खोजी भै रहेको उनले बताए । चक्कु प्रहार गर्ने व्यक्ति २० वर्ष उमेर मुनिकै देखिने, फुटेको हेल्मेट लगाएर आएको, हरियो रंगको ज्याकेट र जिन्स पाइन्ट लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

तस्वीरः आदर्श सञ्चारबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ