स्याङ्जा चापाकोटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको ट्याक्टर नियन्त्रणमा

स्याङ्जा चापाकोटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको ट्याक्टर नियन्त्रणमा

grahau

स्याङ्जाको चापाकोटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चापाकोट नगरपालिका -८ ज्याग्दीपुल मुनि अवैध रुपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा चोरी तथा निकासी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय चापाकोटको प्रहरी टोलीले ग्रहौं कन्स्ट्रक्सन प्रा.लि.को ट्याक्टर नियन्त्रणमा लिएको हो ।

बिहिबार उत्खनन गरेर निकासी गर्दै गरेको अवस्थामा फेला परि नियन्त्रणमा लिइएको लु ५ त ८४२ नम्बरको ट्याक्टरलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ