विदेश लैजाने भन्दै लाखौँ ठगेर तनहुँ शुक्लागण्डकीका मुकेश फरार

विदेश लैजाने भन्दै लाखौँ ठगेर तनहुँ शुक्लागण्डकीका मुकेश फरार

mukesh sapkota news

तस्वीरः तनहुँ खबर

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।

हाल दुवई रहेको बताउने सापकोटाले झापाका निर्मल तामाङ्ग सहित १५ जना बढीबाट भण्डै ५० लाख ठगी गरेको पीडितहरुले बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ स्थायी ठेगाना भएका सापकोटा परिवार सहित नवलपरासीमा बस्ने भएता पनि उनको परिवार हाल भारतमा रहेको शुक्लागण्डकी नगरपालिका – ११ वडा कार्यालयले जानकारी दिएको छ ।

२७ बर्षीय सापकोटाले विभिन्न देश लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति दुई लाख ५० हजार देखि १२ लाख सम्म असुल गरेको पिडित तामाङ्गले जानकारी दिए । उनीविरुद्ध ठगी आरोपमा जाहेरी परेपनि फरार रहँदै आएका छन् ।

शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराईले सापकोटाको ठगी धन्दा बारे वडामा समेत जानकारी भएको बताउँदै उनी नेपालमै रहेको समेत जानकारी दिए । ‘मान्छे त्यस्तै प्रकारको छ भन्ने थाहा भयो, केही दिन अघिसम्म यहीँ फिर्दीतिर देखिएको भन्ने समेत जानकारी पाएको थिएँ ।’ वडाध्यक्ष भट्टराईले भने ।

उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपनि पीडित र प्रहरीबाट लुक्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ