पोखरा । कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकको ३५ करोड हिनामिना गरेको बताइन्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हालसालै नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको पुष्टि गरे । ‘उहाँविरुद्ध नोटिस जारी भएको छ, चाडै उहाँ पक्राउ पर्नुहुनेछ । इन्टरपोटमार्फत् उहाँको खोजी जारी छ,’ उहाँले भन्नुभयो । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली गएको वैशाखदेखि सम्पर्कबाहिर छन् ।
नेपालीको समूहले पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी इमेज बचत तथा ऋण सहकारी खोली बचत हिनामिना गरेको प्रहरी अभियोग छ । इमेज सहकारी प्रकरणमा अदालतले आठ जनाविरुद्ध जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध एक हजार पाँच सय ५० बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।
इमेज सहकारीका अनिता बुढामगर, चित्रबहादुर भण्डारी, शक्ति किसान नरमती बुढा र डोरबहादुर परियार पक्राउ परिसकेका छन् । सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रमुख नेपाली बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा समेत मत दिन आएनन् । यो बिच दुई पटक विभिन्न माध्यमबाट सम्पर्कमा आई नेपालीले आफ्नो जायजेथमा बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न चाहेको जनाएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन