तनहुँमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

तनहुँमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

tanahu acc

तनहुँमा गएराति सवारी दुर्घटना हुँदा मृत्यु भएका मोटरसाइकल चालकको नाम ठेगाना खुलेको छ ।

मृत्यु हुनेमा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो । उनलाई अस्पतालमा पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तनहुँका डीएसपी मोहन बहादुर खाँणका अनुसार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ