लेखनाथ । नेवार समुदायका ईष्टदेव भीमसेनको सम्झनामा पोखरा २६ को भित्री बजार अर्घौमा ३ सय २५ वर्ष पुरानो भीमसेनथानको मन्दिर पुनर्निर्माण गरिएको छ ।
गण्डकी प्रदेश क्षेत्रकै पुरानो र ऐतिहासिक महत्व बोकेको मन्दिरको उचित संरक्षण नहुँदा जीर्ण बन्दै गएको र २०७२ सालको भुकम्पले समेत क्षेती पुर्याएको भीमसेनथानको मन्दिरलाई अहिले करिब ३३ लाख ५५ हजार पाँच सय ५८ को लागतमा पुनर्निर्माण गरिएको हो ।
मन्दिर पुनर्निर्माणका लागि अर्घौ पौवा नेवाः खलले चासो देखाएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिका एवं स्थानीयहरुको आर्थिक सहयोगमा मन्दिरको पुनर्निर्माण गरिएको हो । नेवार समुदायको मौलिक संस्कृति संरक्षण गर्दै कलात्मक तरिकाले छाना र गजुर पित्तलको राखेर मन्दिरको पुनर्निर्माण गरिएको बताइएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २६ र २७ को सिमाना भित्री अर्घौ बजारको बिच बाटोमा रहेको मन्दिरको अनावरण पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले गरेका थिए ।
पुननिर्मित मन्दिरको अनावरण गर्दै अध्यक्ष थापाले हाम्रो सम्पति भनेकै हाम्रो मौलिक कला, संस्कृति र यहाँका मठमन्दिर भएकाले यिनको उचित रुपले संरक्षण गरी पुर्खाले दिएको चिनोलाई भावी पुस्तालाई सकुशल बुझाउनुपर्ने सुझाव दिएका थिए ।
मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्य, नेवा मिस पुच कास्कीकी पूर्वअध्यक्ष मेनुका श्रेष्ठ, लेखनाथकी अध्यक्ष मीना श्रेष्ठ, लेखनाथ नेवा खलका सचिव अर्जुन ताम्राकार, सल्लाहकार हरिकुमार श्रेष्ठ र गणेशभत्त अधिकारी, ल्याहा पुच कास्कीका अध्यक्ष विनित जोजिजू, निर्माण समितिका सचिव बालगोपल श्रेष्ठ, उपाध्यक्ष मथुराकुमार श्रेष्ठ र कोषाध्यक्ष प्रेमकुमार श्रेष्ठ लगाएतले नेवारी समुदायको मौलिक संस्कृतिको रक्षाका लागि धार्मिक मठमन्दिरहरुको उचित रुपमा संरक्षण गरी राख्नु अनिवार्य भएको धारणा राखेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन