पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीस् कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभा-गका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा नेता मात्र होइन, मतदाता पनि दोषी छन्: राजेन्द्र लिङदेन
पूर्वराजा शाहको स्वागतमा त्रिभुवन विमानस्थलमा समर्थकको भीड
एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए: गगन थापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
संसद विघटनविरुद्ध मुद्दामा सर्वोच्चले तोक्यो फागुन ८ गतेलाई साधारण तारेख
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !