पोखरा । पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मञ्चन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मञ्चन हुने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत सोमबार जानकारी गराइएको छ।
प्रत्येक दिन बेलुका ५ बजे नाटक मञ्चन हुने अध्यक्ष साबित्रा पाठक (सबु) ले जानकारी गराइन् । उनका अनुसार शनिबार १ बजे पनि नाटक मञ्चन गरिनेछ। धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मंचनका लागि रोजाइमा परेको सबुले बताइन् । पोखरामा नाटक मञ्चनलाई बढ्वा दिने उद्देश्य स्वरूप आफू र आफ्नो टीम अगाडि बढेको उनले उल्लेख गरिन् ।
नाटककार केदार नाथ पौडेलले धनिरामको गोरू विशुद्ध नेपालीपन कथा भएको उल्लेख गरे । उनले भने “धनिरामको गोरू आफ्नो पनको कथा हो । ग्रामिण समाज र त्यहाँको किशानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो ।” नाटकमा किसानका पीडा र उनीहरुको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको उनले बताए । समाजमा माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ । पछिल्लो समय बढ्दो प्रविधि रहेको र प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटक मार्फत उठाउन खोजिएको छ । प्रविधिको प्रयोग राम्रो सँग नगर्दा के कस्ता समस्या हुन्छन् विषय पनि नाटकमा देखाउन खोजिएको पौडेलले बताए । पौडेलले पोखरेली नाटकलाई माथि उठाउन सबै एक हुनुपर्ने आवश्यक्तालाई औंल्याएका छन् ।
१ घण्टा १५ मिनेटको नाटक धनिरामको गोरू हेर्नका लागि टिकट काट्नुपर्ने छ । ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काटेर मात्र नाटक हेर्न पाइनेछ । विद्यार्थीलाई भने २ सय रुपैयाँ तोकिएको छ । पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् ।
नाटकमा दिल प्रसाद गुरुङ प्रमुख पात्र धनिरामको भुमिकामा छन् । नाटकमा गुरुङ सङ्गै विभु प्रसाद भुसाल, साबित्रा पाठक (सबु), ज्योति हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरी अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइनेछ । २०८० भदौ २९ गते स्थापना भएको पद्माप्रेम थिएटरले पहिलो पटक नाटक मंचन गर्न लागेको हो ।
नाट्य विधा मार्फत समाजको मौलिकतालाई जोगाइराख्न पद्माप्रेम थिएटरको उदय भएको हो । एक दशक देखि मिडिया, शिक्षाक्षेत्र र रंगमंचमा चासो राखी सक्रिय रहेका महिलाहरूको संलग्नतामा पद्माप्रेम थिएटरको स्थापना गरिएको जनाइएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु