पोखरा । अन्नपूर्ण गाउँपालिका सुदामेस्थित श्री भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् ।
कलाकार हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेष खालको पेन्टिङ र रङको प्रयोग गरी चम्किरहेका ताराहरूको मनमोहक क्यानभास तयार गरेका छन् ।
रातीमा विद्युतको प्रकाशले १५ सेकेन्डमै चार्ज हुने हुँदा शान्तिपूर्ण सङ्गीतको माहौल बनाइ आरामदायी निद्रा र शान्तिपूर्ण सपनाका लागि वातावरण तयार गर्छ । विद्यार्थीका लागि यसले खगोलीय अनुभूति दिने छ । छाताघरलाई अलौकिक प्रकाशको साथले रमाइलो वातावरण प्रदान गर्ने कलाकारको धारणा छ ।
हिमालयको काखमा रहेको विद्यालयको वातावरणबाट प्रभावित भएर हाइन्जले पहिलो स्टारसिड कला उपहार दिएको जनाएका छन । यो नेपाल मै पहिलो पटक प्रयोग गरिएको स्थापत्य कला हो । यसबाट ३ देखि १३ वर्षसम्मका ८० जना विद्यार्थी लाभान्वित हुने छन् ।
अस्ट्रियाली कलाकार र नेपाली स्कुलबिचको सहयोगले आकाशगंगा र पर्यावतरण जागरुकताको महत्वलाई केन्द्रमा राखेको छ । कलात्मक उत्कृष्टतासँगै पर्यावरणीय दायित्वको सङ्गम भएकाले छात्रावासलाई चम्किला ताराको आकाशमा परिवर्तन गरेको छ ।
आकाशगंगा निर्माणसँगै कलाकार हाइन्जले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग र खाद्यन्य हस्तान्तरण गर्न पाउँदा आफू नेपालप्रति खुसी रहेको जनाए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन