स्याङ्जा । सहिद दिवसको अवसर पारेर पहिलो पाइला नेपाल स्याङ्जा शाखाले दीप प्रज्वलन गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -१ सहिद चोकमा देश परिवर्तनका लागि प्राण आहुती दिएका सहिदहरुलाई सम्झँदै सम्मानका साथ पहिलो पाइला नेपाल स्याङ्जा शाखाद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो ।

राणा शासन विरुद्ध क्रान्ति गरेकोमा शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । हरेक वर्षको माघ १६ गते सहिदहरुको सम्मानमा सहिद दिवस मनाइने गरिन्छ ।
उक्त कार्यक्रममा प्रजातन्त्र स्थापनाका लागि रगतको बलिदान दिएका सहिदहरुको सम्झनामा एक मिनेटको मौन धारण गरिएको शाखाका उपाध्यक्ष पवन मरासिनीले बताए । उनले सहिदहरुले जुन सपना बोकेर आफ्नो प्राणको आहुती दिएका थिए, ती सपनाहरू सबै मिलेर सफल पार्नुपर्ने बताए ।
पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सभापति सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन शाखाका सह-सचिव गोपी सुवेदीले गरेका थिए ।
स्याङ्जामा निस्वार्थ भावनाले सामाजिक सेवामा अग्रणी रहेको पहिलो पाइला नेपाल स्याङ्जा शाखाले शैक्षिक सामाग्री वितरण, सरसफाइका कार्यक्रम, विषम परिस्थितिमा फुड बैंकको स्थापना, न्यानो कपडा तथा विद्यार्थीहरुलाई भविष्य बोक्ने झोला वितरण लगायत सामाजिक कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्