अर्जुनचौपारीमा ओठ तथा तालु फाटेकालाई नि:शुल्क स्क्रिनिङ शिविर

स्वास्थ्य शिविर

अर्जुनचौपारीमा ओठ तथा तालु फाटेकालाई नि:शुल्क स्क्रिनिङ शिविर

Arjun Chaupari

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले ओठ तथा तालु फाटेकाहरुलाई नि:शुल्क स्क्रिनिङ शिविर संचालन गर्ने भएको छ ।

बि एन्ड बि अस्पताल ललितपुरको आयोजना तथा प्राविधिक सहयोग र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा वडा नं. २ स्थित अर्जुनचौपारी स्वास्थ्यचौकीमा पालिका अन्तर्गत रहेका जन्मिदै ओठ तथा तालु फाटेकाहरुलाई यहि माघ २६ गते नि:शुल्क उपचारार्थ स्क्रिनिङ शिविर संचालन गरिने पालिकाले जनाएको छ ।

उक्त स्क्रिनिङ शिविरमा छनोट भएका बिरामीहरुलाई सोही अस्पतालमा निशुल्क प्लास्टिक सर्जरी तथा अन्य व्यवस्थापकीय सेवा संचालन गर्ने अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए ।

उनले छनोट भएका बिरामीहरुको सम्पूर्ण जाँचहरुको खर्च, सर्जरी खर्च, औषधिहरुको खर्च तथा बिरामीहरुको आउने जाने गाडी भाडा, बाटोको खाना खर्च र बिरामी सहित एकजना कुरुवाको काठमाडौंमा बस्ने र खाने खर्च पालिकाले व्यवस्थापन गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ