गण्डकीमा ई–स्पोर्टस संघ गठन

गण्डकीमा ई–स्पोर्टस संघ गठन

420167892_833939418536640_7220670404538189089_n

पोखरा । विश्वमा नै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् ।

यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल बहादुर बाँनिया रहेका छन् ।

परिषदका बोर्ड सदस्य तथा खेल पत्रकार केशव पाठकको अध्यक्षतामा सम्पन्न भेलामा नवगठित तदर्थ समितिका अध्यक्ष बरालले गण्डकीमा इस्पोर्टस खेलको विकासमा आफूले सक्दो पहल गर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds