नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द हुने

mugling

k’n lgdf{0fsf nflu leQf] s6fg e/tk’/, % k’;M gf/fo0fu9–d’lUng ;8sv08 cGtu{t t’Og k’ndf PS;fe]6/ k|of]u u/]/ leQf s6fgsf] sfd x’Fb} . cfhb]lv b}lgs rf/ 306f ;8s aGb u/]/ k’n lgdf{0fsf sfd eO/x]sf] 5 . tl:a/M s[i0f cfrfo{÷/f;;

पोखरा । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता दिउँसो बन्द हुने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता (२१ दिन) दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिनका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

तुइन खोला पुलको जग हाल्न मुग्लिनतर्फको भित्तो काट्ने काम भैरहेको छ । त्यसका लागि हाल दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ ।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो ।
विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds