पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
महानगरपालिका वडा नं ३३ भरतपोखरीको शिशुकल्याण माध्यमिक विद्यालयको आफ्नो ४६ औं वार्षिकोत्सव एवम् ४७ औं अभिभावक दिवसको प्रमुख आमन्त्रित ब्याक्तित्वका रूपमा बोल्दै उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिए । गुरुहरुले शत प्रतिशत ज्ञान हस्तान्तरण गर्न उनले सुझाव दिए । भरतपोखरीको विकास आफ्नो कर्तव्य हो भन्दै मेयर आचार्यले आफूले सक्दो गरिरहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ वडा अध्यक्ष रामचन्द्र अधिकारीले शिक्षा क्षेत्रमा सरकारको राम्रै लगानी रहेको बताउँदै त्यसको प्रतिफल आउने गरी गुणस्तरीयता अभिबृद्धि गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले दीगो र सार्थक विकासका लागि विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना जगाउने किसिमले शिक्षण सिकाईमा जोड दिनुपर्ने बताए।

शान्ति उदय माविका प्रअ टेकनारायण गिरीले अभिभावकको जागरुकतामा जोड दिंदै अभिभावकले विद्यालय तथा शिक्षकलाई समय समयमा घचघच्याउन सकेमा त्यसले शैक्षिक संस्था राम्रो बन्न सघाउने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र बरालले स्वागत गर्दै विद्यालय स्थापनादेखि हालसम्म आउँदाका भोगाई तथा अनुुभवको स्मरण गर्दै समयसापेक्ष शिक्षाका लागि सबैको सहयोगको अपेक्षा गरेका थिए ।
पूर्व प्रअ जगदीश सुबेदीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक सुदन पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समितिका सल्लाहकार डिल्लीराम बराल, रास्वपा केन्द्रीय प्रशिक्षण विभागका सदस्य नेता माधवप्रसाद कडेल, समाजसेवी पिताम्बर पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए भने वर्षका उत्कृष्ट छात्रछात्रालाई पुरस्कार तथा कक्षा १२ मा कास्कीमै ३.७१ जि पि ए ल्याइ राम्रो गरेका भागवत चौधरीलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन