उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा लमजुङका बोबरजङ गुरुङ सर्वसम्मत चयन भएका छन् ।
महासंघ गण्डकीको शनिबार सम्पन्न प्रथम अधिवेशनले नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका पूर्व अध्यक्ष समेत रहेका गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
बेंसीशहर नगरपालिका ६, पुमागाउँका गुरुङ विगत केही समययता पोखरामा पर्यटन व्यवसायमा क्रियाशील रही हाल पोखरा लेकसाइडमा होटल इलेगेन्ट सञ्चालन गर्दै आएका छन् ।

महासंघको उपाध्यक्ष द्वयमा ईश्वरबहादुर विष्ट (तनहुँ) र भवनराज बराल (बागलुङ)लाई चयन गरेको छ भने सचिवमा यमनाथ पौडेल (कास्की) र कोषाध्यक्षमा पार्वती पाण्डे (कास्की) लाई निर्विरोध निर्वाचित गरेको छ ।
महासंघको उपसचिवहरुमा काशी गुरुङ (कास्की), नारायण शर्मा (म्याग्दी), सुशिला सिग्देल (स्याङ्जा) र नगेन्द्रप्रसाद पोखरेल (कास्की) चयन भएका छन् ।
यसैगरी महासंघको सदस्यहरुमा खगरेश्वरी शर्मा पौडेल (पर्वत), नारायणबहादुर कुँवर (पर्वत), सोमराज पाठक (बागलुङ), आनन्द सुन्दर श्रेष्ठ (तनहुँ), हस्तबहादुर खड्का (तनहुँ), भोजबहादुर रिजाल (म्याग्दी), अमृता ल्वागुन(म्याग्दी), कल्पना थापा बोहोरा (लमजुङ), सरोज पौडेल (लमजुङ), युवराज पौडेल (लमजुङ), प्रकाश थापा (कास्की), थोमनाथ अर्याल (कास्की), शिवप्रसाद तिवारी (कास्की) र यादवप्रसाद पोखरेल (कास्की) चयन भएका छन् ।
महासंघका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोईरालाको अध्यक्षतामा भएको अधिवेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु