स्याङ्जाको सूर्योदय सहकारीद्वारा सरसफाई

स्याङ्जाको सूर्योदय सहकारीद्वारा सरसफाई

suryodaya sahakari

पोखरा । स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको वर्षको अवसरमा विद्यार्थीमाझ सरसफाई सम्बन्धी अभिुमखीकरण एवं सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बिरुवा गाउँपालिका वडा नंं. २ स्थित जामुनेडाँडा माध्यमिक विद्यालयमा कार्यक्रम गरी प्रत्येक कक्षाकोठामा कुचो र डस्टविन वितरण गरिएको थियो ।

सूर्योदय साकोस बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेले संस्थाका बारेमा बताउँदै बचतको महत्व दर्शाउँदै सदस्य बन्नका लागि प्रेरित गरे ।

सूर्योदय सहकारीले आफ्नो रजन वर्षको अवसरमा २५ वटा विभिन्न कार्यक्रम घोषण गरेबमोजिम सरसफाई कार्यक्रमसँगै खुल्ला रक्तदान कार्यक्रम, खाद्यान्न वितरण, विद्यालयमा शैक्षिक सामाग्री वितरण, खुल्ला निबन्ध लेखन प्रतियोगिता लगायतका कार्यक्रम गरिसकेको छ ।

सूर्योदय सहकारीको पुतलीबजार नगरपालिका ३ बाढखोलामा केन्द्रिय कार्यालयसहित ७ ओटा सेवा केन्द्र मार्फत् करिब ११ हजार सदस्यलाइ सेवा दिँदै आइरहेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ