सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
परिषद्को वरिष्ठ उपाध्यक्षमा विष्णु खत्री, उपाध्यक्षमा राजु परियार, महासचिवमा बैकुण्ठ महत, सचिवमा केशरी घर्ती मगर र कोषाध्यक्षमा टीका पुन निर्वाचित भएका छन् ।
सदस्यहरुमा खर्क बुढा मगर, शिवा आले, खड्ग गर्बुजा, प्रा. डा. ऋषिराम शर्मा, नरहरि प्रेमी, कमलीकान्त भेटुवाल, रामप्रसाद कँडेल र मनोजसिंह धामी छन् । बाँकी तीन सदस्य मनोनित गर्ने जनाइएको छ । उक्त अवसरमा लोकदोहोरी र संगीत क्षेत्रका व्यक्तिलाई समेटेर ४० जना आजीवन सदस्य पनि घोषणा गरिएको छ ।
सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव महतले प्राज्ञिक माध्यमबाट संस्कृतिको क्षेत्रमा योगदान दिने उद्देश्य संस्थाको रहेको उल्लेख गरे ।
संस्थाले संगठन निर्माणमा जोड दिने, प्रकाशन र दस्तावेजीकरणमा जोड दिने, लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, सरकार र राष्ट्रसंघीय नियोग युनेस्कोसँग सहकार्य गरी मूर्त र अमूर्त संस्कृतिको खोज अनुसन्धान गर्ने योजना तय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले संस्कृति जगेर्ना गर्न यो संस्थाको योगदान महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा वरिष्ठ साधक तथा नृत्यशास्त्री ९२ वर्षीय भैरवबहादुर थापालाई अभिनन्दन गरिएको थियो ।

सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’