अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले श्रीमद्भगवद गीतामा हात राखेर पद तथा गोपनियताको शपथ लिएका छन् ।
गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष पहिलो व्यक्तिसमेत हुन् । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छिन् ।
पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भागवद्गीताको सपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाइँ केही गर्नको लागि पहिलो हुनुहुन्छ, तपाईँ निश्चित हुनुपर्दछ कि तपाईँ अन्तिम हुनु हुन्न।’
लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।
पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’
अष्ट्रेलियाका समाचार संस्थाहरूका अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, त्यसको १८ वर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह