घटना १ः यही साता छातीमा दुखाई महसुस भएपछि एक ६४ वर्षीया महिला चरक मेमोरियल हस्पिटल पुगिन् । चेकजाँच गर्दा मुटुको नशा ब्लक भएको देखियो र डा. एस.के. जैसवालको टीमले तुरुन्त कोरोनरी एन्जियोप्लास्टी गरेर मुटुको रक्तनलीको ब्लक खोली बिरामीको ज्यान बचायो ।
घटना २ः तीन साता अघि पनि छाती दुखेर ६८ वर्षीय पुरुष चरक पुगे । उनको पनि मुटुको नशा ब्लक भइसकेको अवस्था थियो । तुरुन्त शल्यक्रिया गरिएपछि ज्यान बच्यो ।
यी पछिल्ला २ उदाहरण हुन् । २ दिन अघि मात्रै हृदयघात भएका ४० वर्षीय युवाको ज्यान अपरेशन गरी जोगियो । छातिको दुखाईलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा ज्यानै पनि जान सक्ने वरिष्ठ डा. जैसवाल बताउँछन् । समयमै उपचार पाएमा यसरी बिरामीको ज्यान बचाउन सकिने तर ढिलो भएमा ज्यानै जान सक्ने उनी बताउँछन् ।
मुटुजन्य रोग लागिसकेका मानिस जाडोमा बढी जोखिममा हुने उनको भनाई छ । डा. जैसवालका अनुसार रगतमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोेपना, मधुमेहका मानिसका लागि जाडो महिना खतरनाक महिना हो । जाडोको कारणले यी रोग बढ्छन् ।
यस्तो समस्या भएका बिरामीले नियमित चेकअप गर्ने र रगतको स्थिति सामान्य राख्नुपर्छ । समयमा नै सचेत बनी आफ्नो मुटुको बेला बेलामा चेकजाँच गर्न उनी सुझाव दिन्छन् ।
पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलमा नेपाल सरकारको विपन्न नागरिक स्वास्थ्य सेवा अन्तर्गत मुटुको उपचार गर्दा १ लाख सम्मको निःशुल्क उपचारको व्यवस्था रहेको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए ।
गण्डकी प्रदेशकमै पहिलो पटक ओपन हर्ट सर्जरी भएको अस्पताल हो चरक । जहाँ मुटुसम्बन्धी सम्पूर्ण रोगको उपचार सम्भव रहेको पोखरेल बताउँछन् ।

सम्बन्धित समाचारः
गण्डकी प्रदेशमै पहिलोपटक चरकमा ‘ओपन हर्ट सर्जरी’
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो