पोखरामा मध्यराति मादक पदार्थ सेवन गरी झैझगडा गर्ने चारजना युवाहरुलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
गएराति साढे १२ बजेतिर पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गा स्थित सार्र्वजनिक स्थानमा मापसे सेवन गरी एक आपसमा कुटाकुट गरिरहेका ४ जना युवकलाई पक्राउ गरेको कार्यालय प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ८ घर भएका बर्ष २७ को युबराज गुरुङ, पुतलीबजार वडा नं.२ घर भएका बर्ष ३३ को जिबन गुरुङ र बर्ष २५ को सुल्सि गुरुङ भन्ने कृर्तन गुरुङ, पुतलीबजार वडा नं.८ घर भएका बर्ष २५ को सुमन सुनारले मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै एक आपसमा झैझगडा गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरु सबै पोखरा १५ बस्दै आएको खुलेको छ ।
समाजमा अशान्ति मच्चाई रहेका छन् भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट उक्त स्थानमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए ।
पक्राउ परेका चारैजनालाई अभद्र व्यवहार सम्वन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जनाए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह