पोखरा महानगरपालिका वडा नं. १७ का वडा सदस्य शिवराम भण्डारीले आफूलाई महानगरले दिँदै आएको सेवा सुविधा भत्ता आफ्नै वडाको जानकी माविलाई दिने निर्णय गरेका छन् ।
जानकी माविी सितापाइलाको ४६ औं बार्षिकोत्सबको उपलक्ष्यमा आफूले प्राप्त दुई बर्षको सुविधामा १ लाख ४० हजार थप गरेर विद्यालयको हित कोषमा उपलब्ध गराउने घोषणा गरेको विद्यालयका सूचना अधिकारी कमल प्रसाद आचार्यले सराङ्कोट बताएका छन् ।
पोखरा महानगरपालिका १७ मा रहेको जानकी माविले स्थापनाको ४६ औं बर्षगाँठ मनाईरहँदा ३३० जना विद्यार्थीलाई पठनपाठन गर्दै आएको छ ।
हाल ११ र १२ कक्षामा फरेस्ट्री बिषय पढाउँदै आएको छ । तर, विद्यार्थीको अवभाव झेलिरहेको छ । प्राविधिक बिषयमा अध्ययन गराउने उद्देश्यले ल्याएको नयाँ पाठ्यक्रम विद्यार्थीको अभावमा बन्द पो हुने हो कि ? भन्ने चिन्ता गर्छन् वडा नम्बर १७ का जनप्रतिनिधि भण्डारी ।
आफूले विद्यालयको आर्थिक स्रोत बलियो नभएकोले महानगरले दिने सुविधामा ब्यक्तिगत तर्फबाट थपेर स्कूललाई सहयोगको घोषणा गरेको भण्डारीले बताए । उनले आफूले दिएको रकम खर्च कार्यविधि बनाएर प्रदान गर्ने घोषणा गरेका हुन ।
यस्तै, पोखरा वृद्धाश्रम सितापाइलाले ६ कक्षामा अध्ययनरत २३ जना विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने घोषणा गरेको छ । आफै दान लिएर वृद्धाश्रम चलाउँदै आएको संस्थाले पनि सामुदायिक विद्यालयका गरिब विद्यार्थीलाई सहयोग गर्ने कार्य अनुकरणीय रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन