प्रतिभा माविमा एकदिने ‘फूड फेस्टिभल’

अतिरिक्त क्रियाकलाप

प्रतिभा माविमा एकदिने ‘फूड फेस्टिभल’

होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थी सहभागी

Prativa Food Festival

पोखरा, पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिभल’ आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यवहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभलको आयोजना गरेका हुन् ।

फेस्टिभलको पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फूड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा पोहोरदेखि फूड फेस्टिभल गर्न थालिएको हो । आगामि वर्ष पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिरहने प्राचार्य सापकोटाले बताए ।

फूड फेस्टिभलसँगै सांगीतिक कार्यक्रम र विभिन्न खेलकुदका कार्यक्रम समेत आयोजना गरिएको थियो । प्राचार्य सापकोटाले विद्यार्थीले सिकेको सीप खानाको स्वादमा मात्र नभई सधैका लागि सिकाइ हुने बताए । ‘विद्यार्थीले सिकाइको उदाहरण प्रत्यक्ष रुपमा देखाउने अवसर यो फेस्टिभलले दिलाएको छ,’ उनले भने । उनका अनुसार विद्यार्थीले पढ्दैगर्दाको सीप यो फेस्टिभलमा देखाएका छन् ।

विद्यालयमा विज्ञान विषयका विद्यार्थीले विज्ञान प्रदर्शनी, व्यवस्थापन विषयका विद्यार्थीले बिजनेस प्लान प्रस्तुती र होटल व्यवस्थापनका विद्यार्थीले फूड फेस्टिभल गर्दै आएका छन् । प्राचार्य सापकोटाका अनुसार गतवर्षको फेस्टिभलबाट ३५ हजार रुपैयाँ बचत भएको र त्यो पैसा होटल व्यवस्थापनमा उच्च अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिनेगरी विद्यार्थीले नै व्यवस्थापन गरेका छन । उनले भने, ‘पर्यटनको शहर भएकोले पनि फूड फेस्टिभल नवीन अभ्यास बनेको छ । विद्यार्थीले खुबी देखाउने अवसर पाएका छन् ।’

विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले पछिल्लो समय विश्वकै ठूलो व्यावसाय पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रका लागि यस्ता कार्यक्रम निकै नै रचनात्मक हुने बताए ।

‘प्रचुर सम्भावना पर्यटनमा छ । त्यही पर्यटनका लागि होटल व्यवस्थापनमार्फत जनशक्ति तयार भएका छन । विद्यार्थीलाई यस्तै व्यावहारिक ज्ञानले आत्मनिर्भर बन्न सघाउँछ,’ पौडेलले भने, ‘यस्ता ज्ञानले विद्यार्थीलाई आफ्नो क्षेत्रमा काम गर्न सहजीकरण गर्छ ।’

उत्प्रेरक वक्ता डा. रबिन कटुवालले होटल ब्यबस्थापनको अब्बल जनशक्ति तयार गर्नका लागि विद्यालय तहमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए । कटुवालले विदेश जाने जनशक्तिलाई रोक्नका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए ।

प्रमुख अतिथि पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले विद्यालयमा लिएको शिक्षा मात्र पर्याप्त नहुने भएकोले व्यावहारिक ज्ञान आवश्यक परेका बताए । ‘विद्यालयको शिक्षाले मात्र पुग्दैन त्यो शिक्षा ब्याबहारिक पनि हुनुपर्छ,’ उनले भने, ‘सीकाईलाई सिपमा बदल्न यस्ता गतिविधि आवश्यक छ ।’

अध्यक्ष उदासले अब्बल, शिक्षित र दक्ष जनशक्ति उत्पादन गरेर प्रतिभा माविले भोलिको लागि नयाँ जनशक्ति तयार पारिरहेको बताए । ‘उज्जवल भविष्यका लागि विद्यार्थीलाई यस्तै व्यावहारिक ज्ञान आवश्यक पर्छ,’ उदासले भने, ‘पछिल्लो समय प्राविधिक शिक्षा निकै नै फस्टाएको छ । अब सामान्य शिक्षाले मात्र धान्ने अवस्था रहन्न ।’

होटल व्यवस्थापन विषयकी विद्यार्थी तथा कार्यक्रमकी अध्यक्ष समेत रहेकी अफ्रिन घलेले आफुहरुका लागि यो सिकाई निकै नै महत्वपूर्ण रहेको बताईन । विद्यालय परिसरमा विभिन्न स्टल राखेर विद्यार्थीले परिकारहरु पस्केका थिए । विद्यार्थीले नै विभिन्न कला पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ