पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा मिटर परीक्षण तथा नवीकरण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तरगत व्यवसायी सदस्यहरूका लागि यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गजेन्द्रमान श्रेष्ठले बताए ।
“हामीले संस्थामा आबद्ध सदस्य व्यवसायीहरूको सहयोगका लागि यस प्रकारको कार्यक्रम वर्षेनी गर्दै आइरहेका छौँ, अध्यक्ष श्रेष्ठले भने, यसले गर्दा व्यवसायीहरूलाई नियमित गर्नु पर्ने मिटर परीक्षणका लागि नापतौल तथा गुणस्तर कार्यालयसम्म धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।” उनका अनुसार शनिवार ११२ व्यवसायीहरूका २५० मिटरहरू परीक्षण तथा नवीकरण गरिएको छ ।
मिटरहरू चलाउने वा काम गर्ने सिलसिलामा बाङ्गिने र खिइने समस्या हुने भएकाले त्यसको यकिनका लागि वर्षेनी नाप जाँच तथा नवीकरण गराउनु पर्ने व्यवस्था अनुरूप यस प्रकार मिटरहरू परीक्षण गरिएको गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रमुख मनोज कुमार पोखरेलले बताए । उनका अनुसार व्यवसायीहरूले नियमित रूपमा न्यूनतम शुल्क बुझाएर मिटर नवीकरण गर्नु पर्दछ ।
संस्थाको पहलमा भएको कार्यक्रमले आफूहरूलाई सहज भएको व्यवसायीहरूले बताएका छन् । संस्थामा आबद्ध व्यवसायीहरूको हितलाई मध्यनजर गरी मिटर जाँच सहित नवीकरणको व्यवस्था मिलाएको उनीहरूले आभार समेत व्यक्त गरेका छन् ।
कार्यक्रम संस्थाका रोशन आचार्यको संयोजकत्वमा सम्पन्न भएको हो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’